काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले संविधान संशोधन प्रस्ताव दर्ता यसै साताभित्र गर्ने तयारी भइरहेको बताएका छन् ।

रिपोर्टस क्लबद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले संविधान संशोधन प्रस्ताव माओवादी, काँग्रेसको मात्र नभई राष्ट्रिय एजेन्डा भएकाले कुनै पनि पार्टीले यसमा विरोध गर्न नहुने विचार व्यक्त गरे ।

नेता पुनले प्रतिपक्षमा रहेको नेकपा एमालले पनि संविधान संशोधन प्रकरणमा जिम्मेवार भई प्रस्तुत हुनुपर्ने भन्दै संविधानप्रति असन्तुष्ट पक्षको भावनालाई समेट्ने गरी ल्याउन लागिएको सो प्रस्तावप्रति सबै दल सकारात्मक तरिकाले छलफल गर्नुपर्नेमा जोड दिए ।

उनले संविधान कार्यान्वयन नै अहिलेको मुख्य एजेन्डा भएकाले संविधानमाथि विमति जनाउने पार्टी तथा सरोकारवालासँग संवाद गरी अगाडि बढ्नुपर्ने भनाइ व्यक्त गरे ।

नेता पुनले सविधान संशोधनमा सीमाङ्कन, भाषा, समावेशी प्रतिनिधित्व र नागरिकताका विषयमा छलफल गराउने र राष्ट्रिय हितमा आघात नपुग्ने गरी संशोधनको लागि सरकारले प्रयत्न गर्नुपर्ने सुझाव दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah