काठमाडौं, १ कात्तिक । अमेरिकी सेना नेभीमा कार्यरत समीर चालिसेको मृत्यु भएको छ । सरोज चालिसे तथा सुशीला चालिसेका माहिला छोरा समीरको मृत्यु भएको जनाइएको छ ।

अमेरिकाको वासिंटन डिसीमा बस्दै आउनुभएका पत्रकार बिष्णु शितलले फेसबुकमा स्टेटस राख्दै समीर चालिसेको मृत्यु भएको पुष्टी गर्नुभएको हो । साथै उहाँले मृतकका परिवारप्रति समवेदना समेत व्यक्त गर्नुभएको छ । दैनिक नेपाल मा खबर रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हालै नेभीमा भर्ती भएका चालिसेको टेक्सासमा मृत्यु भएको जनाइएको छ । उनको मृत्यु गत विहिबार स्वीमिङ गर्ने क्रममा भएको दुर्घटनामा भएको जनाइएको छ । दुर्घटनामा घाइते चालिसेलाई तीनदिन आईसीयुमा राखेपनि आइतबार मृत घोषणा गरिएको थियो ।

मृत्युबारे थप केही बताइएको छैन । तर नाकबाट हिलो पसेर फोक्सो र दिमागमा असर परेका कारण चालिसेको मृत्यु भएको बताइएपनि सेनाले यसबारे पुष्टी गरेको छैन । कडा तालिमका क्रममा चालिसेको मृत्यु भएको हुनसक्ने आशंका समेत गरिएको छ ।