एच : पी: योगी
हरेक चाडबाड अनुसारको फरक फरक विधामा कलाकार हरुले गित पस्किरहँदा नेपाली गित संगीतको जगतमा छुट्टै रौनक छाएको हुन्छ । केही महिना अगाडी तिजको गितले निक्कै बजार तताएको थियो भने भर्खरैमात्र दशैं गितले बजार तातेर सेलाउन न पाउदै फेरी देउसीभैलो गितले बजार तताउन सुरु गरेको छ ।हिन्दु धर्म अनुसारको छुट्टा छुट्टै चाड र त्यही अनुसारको गितमा दर्शक श्रोताहरुले छुट्टै आनन्द लिने गरेका हुन्छन् । अरुबेला भन्दा देउसीभैलो गितमा धेरै कलाकारको यौटै आवाजमा गितले मेल खाने गरेको हुन्छ । यसै क्रममा यतिबेला चार जना कलाकार हरुको यौटै आवाजमा निक्कै रमाइलो देउसीभैलो गित सार्वजनिक भएर बजार तताई रहेको छ ।
नेपाली लोकदोहोरी क्षत्रका बहुचर्चित लोकप्रिय गायक गायिकाहरु खुमन अधिकारी, अमृता लुंगेली मगर, मंजु गौतम र उमा श्रेष्ठको संयुक्त रुपमा स्वरबद्ध भएको फूलमाला उनी नामको रमाइलो गितले बजार तताएको हो । आशिष म्युजिक प्रा.लिको प्रस्तुती रहेको उक्त गितमा उनै लोकदोहोरी क्षत्रका बादशाह भनेर पनी चिरपरिचित गायक खुमन अधिकारीको आफ्नै लय तथा शब्द सृजनामा रहेको छ ।
सोही गितको भिडियो तर्फ ऐलेका निक्कै ब्यस्त चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् । त्यस्तै करण चैसिरले छायांकन गरेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् भने साई भिजन प्रा.लि ले दृश्य निर्माण गरेको छ । सोही म्युजिक भिडियोमा यही गितका गायक गायिका हरु खुमन अधिकारी, अमृता लुंगेली मगर, उमा श्रेष्ठ लगायत सुस्मिता, संजिव, दिनेश र बिमलाले रमाइलो पारामा नाच्दै अभिनय गरेका छन्
https://www.youtube.com/watch?v=1tbifgu_KI4&feature=youtu.be








