दमकलाई उपमहानगरपालिका घोषणा नगरेको भन्दै स्थानियवासी र राजनीतिक दलहरु आन्दोलित भएका छन् । दमक, लखनपुर, तोपगाछी र धरमपुर मिलाई दमक उपमहानगरपालिका बनाउनुपर्ने उनिहरुको माग रहेको छ । नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र)लगायतका राजनीतिक पार्टीहरुले शुक्रबार स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष वालानन्द पौडेललाई ज्ञापनपत्र वुझाए । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति-झापाले यसअघि वुझाएको प्रतिवेदनमा असहमति राख्दै आन्दोलनरत उक्त दलहरूले राजधानी पुगी आयोग अध्यक्ष पौडेल समक्ष ज्ञापनपत्र वुझाए । ज्ञापनपत्रमा जिल्लाको प्राविधिक सहयोग  समितिले क्षेत्रीय पुर्वाग्रहका आधारमा स्थानीय जनताको भावना विपरीत  दमकलाई टुक्रयाएको आरोप लगाइएको छ ।

आयोग अध्यक्ष पौडेलले वुद्धनगर स्थित आयोग कार्यालयमा ज्ञापनपत्र वुझ्दै मापदण्ड पूरा भई राजनीतिक तहमा सहमति भए दमकलाई उपमहानगरपालिका वनाउन आयोग तयार रहेको वताएको प्रतिनिधि मण्डलमा रहेका माओवादी केन्द्रका सुरेन्द्र बस्नेतले जानकारी गराए । ज्ञापनपत्र वुझाउने प्रतिनिधि मण्डलमा माओवादी केन्द्रका तर्फबाट गगन पुरी र सुरेन्द्र बस्नेत, नेपाली काङ्ग्रेसको तर्फबाट महिन्द्रा सुब्बा र सुरेश सुब्बा, नेकपा(एमाले)का देवेन्द्र दाहाल, वेनु शिवाकोटी लगायतको सहभागिता थियोे । damak

प्रतिक्रिया

सम्बन्धित खवर