मंसिर ५, २०७३ भारतको उत्तर प्रदेशस्थित कानपुरमा रेल दुर्घटना हुँदा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । १ सय ५० भन्दा बढि घाईते भएका छन् । पटनाबाट इंदौर जादै गरेको रेल भारतिय समयानुसार बिहान ३ बजेतिर दुर्घटना भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लिकबाट १४ बटा डिब्बा उछुट्टिँदा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा घाईते भएका अधिकांशको अबस्था गम्भीर छ । दुर्घटनास्थलबाट ६३ जनाको शव निकालिएको भारतीइ सञ्चारमाध्यमहरुले जनाएका छन् । केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ट्विट गर्दै रेल दुर्घटनामा परि मृत्यु भएकाको परिबारप्रति समबेदना प्रकट गर्नुभएको छ । उहाँले घाईतेहरुको अपचारमा कुनै कमी आउन नदिन स्थानिय अधिकारीलाई निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय