झापा | झापा अर्जुनधाराका लक्ष्मण शिवाकोटीको रहस्यमय मृत्य पछि बिर्तामोडमा भएको बिभिन्न घटनालाई लिएर देश विदेशबाट पनि बिरोध सुरुभएको छ | यसै बीच विश्वभर रहेका झापालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय झापाली समाजले एक बिज्ञप्ति निकाल्दै सम्पूर्ण घटनाको न्यायिक छानबिनको माग राख्दै ध्यानाकर्षण भएको बताएको छ |
समाजका अध्यक्ष दिनेश पोखरेल द्वारा लिखित बिज्ञप्तिमा भनिएको छ, अर्जुनधारा ११ का लक्ष्मण शिवाकोटीको केहि समय अघि भएको रहस्यमय मृत्यको घटना, उक्त घटना पश्चात पिडितको माग अनुसार समयमै चित्त बुझ्दो तवरले घटनाको छानबीन हुन नसक्नु र हालै सोहि घटनाको न्यायिक छानबिनको माग राख्दै भएको जन प्रदर्शनको सिलसिलामा थप सर्वसाधारणहरूको मृत्यु, केहि घाइते र ठुलो जनधनको क्षतिको खबरले हामी बिदेशमा रहेका झापालीहरू स्तब्ध भएका छौ।
यस अकल्पनीय दुखद घडीमा मृतक आत्माहरूको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारजनहरूमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं । साथै यथाशिघ्र दोषीहरूलाई कडा भन्दा कडा कारवाही गरी पीड़ितहरूलाई न्याय दिलाउनको लागी नेपाल सरकार र स्थानीय प्रशासनसंग जोड़दार अपील गर्दछौ।
बिज्ञप्ति यस्तो रहेको छ |










