महिलाहरूलाई कार चलाउन दिएपछि अब साउदी अरबले उनीहरूलाई स्टेडियममा भएका खेल हेर्ने अनुमति पनि दिएको छ । अर्को वर्षदेखि महिलाले पनि स्टेडियममा खेल हेर्न पाउने अधिकारीहरूले बताएका छन् ।

साउदीका तीन ठूला शहर रियाद, जेद्दाह र दम्माममा महिला पनि परिवारका सदस्यका साथ स्टेडियम जान पाउनेछन् ।

साउदी महिलाहरूलाई स्वतन्त्रता दिने दिशातर्फको यो ताजा कदम हो । साउदीमा महिलालाई कडा नियम र अनुशासनमा राखिन्छ ।

युवराज मोहम्मद बिन सलमान साउदी समाजको आधुनिकीकरण र अर्थव्यवस्थालाई नयाँ तीव्रताका साथ अघि बढाइरहेका छन् ।

साउदीको खेल प्राधिकरणले स्टेडियममा महिलाका लागि आवश्यक व्यवस्था गरिसकिएको बताए । सन् २०१८ को शुरुवातमा महिलालाई स्टेडियममा खेल हेर्न बन्दोबस्त मिलाइएको हो ।

स्टेडियममा मोनिटर स्क्रीन लगाइनेछ र रेस्टुराँ तथा क्याफेको पनि व्यवस्था हुनेछ ।

साउदीमा भइरहेको सुधारको श्रेय युवराज मोहम्मद बिन सलमानलाई दिइएको छ ।

बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah