काठमाडौं, १८ कात्तिक– दुई चरणमा गरी आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको बन्दसूची शुक्रवार सार्वजनिक गरिएको छ ।

गत असोज २९ गते दलहरुले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए । आयोगले शुक्रवार साँझ उक्त बन्दसूची सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा ८८ दलहरूमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ दलले उम्मदेवारी दिएका छन् । प्रतिनिधिसभातर्फ ११० जना सांसदहरु समानुपातिक आधारमा चुनिने छन् ।

प्रमुख दलमध्येको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका उम्मेदवारका लागि बुझाएको सूचीमा गाउँपालिकाको अध्यक्षमा हारेका व्यक्तिदेखि विवादित लार्क्याल लामासम्म अटेका छन् ।

माओवादीले निर्वाचन आयोगमा पेश गरेको सूचीमा गत असार १४ गते दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा डडेल्धुराको आलीताल गाउँपालिकाको अध्यक्षमा पराजित केन्द्रीय सचिवालय सदस्य जगत पार्कीको नाम पनि परेको छ । माओवादीले पार्कीको नाम सूचीको ९४ औं नम्बरमा राखेको छ ।

माओवादीको बन्द सूचीमा विवादित व्यक्ति लार्क्याल लामा पनि परेका छन् । उनको नाम सूचीको ५६ औं नम्बरमा छ ।

लामामाथि अकुत सम्पत्ति आर्जन गरेको छानविन गर्ने क्रममा उनको बैंक लकरमा १४ थान गोली परेको थियो । उनीमाथि नेपाल, चीन र भारत गरी तीन देशको नागरिकता रहेको पनि आरोप लाग्ने गरेको छ ।

यी हुन् प्रतिनिधिसभा सदस्यका लागि माओवादीका समानुपातिक उम्मेदवारहरू, 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah