“डेराबासी” को प्रथम म्यूजिक भिडियो सार्वजनिक "तिम्रो भागमा घर पर्यो हाम्रो भागमा डेरा यो जुनिलाई यस्तै भयो जिन्दगानी हेर..".. नियतीको कोर्राले चुटेका लाखौँ डेराबासीको जीवन भोगाइको तितो र घरभेटी र डेराबासीको भौतिक सम्बन्धको भावपूर्ण लौकिक थथार्थलाई चर्को चित्रण गरिएको म्यूजिक भिडियो राजधानिमा एक भब्य समारोहका बिच सार्वजनिक गरिएको छ । गीतकार सगोत्री आचार्यको शब्द, धनु ज्ञाङ्मीको सङगित तथा लोकप्रिय युवा गायक निशान सिंखडाको स्वरमा सजिएको उक्त म्यूजिक भिडियो द नेक्ट जेन म्यूजिक नेपाल प्रालिले हालसालै बजारमा ल्याएको हो । सर्वप्रिय मोडल अनु शाह तथा बसन्त बस्नेत लगायत चर्चित कलाकारहरूले सनसनिपूर्ण अभिनय गरेको उक्त भिडियो सार्वजनिक गर्ने क्रममा प्रमुख अतिथि बरिष्ठ संस्कृतिवीद तुलसी दिवसले डेराबासीको जीवनदर्शनलाई सेतो अभिव्यक्ति दिन सफल यो म्यूजिक भिडियो नेपाली गीत सङ्गितको क्षेत्रमा एक नयाँ आयाम भएको बताए । द नेक्ट जेन म्यूजिक प्रालि तथा क्याम्ब्रिज इन्टिच्युट अफ टेक्नोलजीका कार्यकारी निर्देशक शिशिर सिंखडाका अनुसार डेरा बस्ने हरेक मान्छेका जीवनको तितो सत्यलाई यस डेराबासी भिडियोले मनको मियो समातेर एकपटक हृदयलोकमा विचरण गराइ छोड्ने छ ।

https://m.youtube.com/watch?v=CHEcscK2_D8