अमेरिकामा नेपाली पोर्न स्टारका रूपमा प्रचार गरिएकी पोखराकी युवती बिन्दु परियारले एकाएक कराेडपति बनेकी छिन ।

उनले अनायासै ७२ लाख अमेरिकी डलर (करिब ७२ करोड नेपाली रुपैयाँ) पाउने खबरले बजार तातेको छ ।

बिन्दुलाई नेपालबाट अमेरिका पुर्‍याई जबरजस्र्ती पोर्नस्टार बनाएको ठहर गर्दै अमेरिकी अदालतले उनका पूर्वश्रीमान् टम रान्डेल सेवेलबाट उक्त रकम क्षतिपूर्ति तिराउने आदेश दिएको थियो । डेली मेलको अमेरिकी संस्करण अनुसार त्यहि रकमले उनि कराेडपति बनेकी हुन् ।

‘रिभेञ्ज पोर्न’ (अश्लीलताको बदला) शीर्षकमा डेली मेलले प्रकाशित गरेको समाचारमा नेपालकी बिन्दु परियारलाई टम रान्डेल सेवेलले जबरजस्ती यौन चलचित्रमा काम गराएको तथा यौनकर्ममा लगाएको भनेर डालास काउन्टीमा मुद्दाको छिनोफानो भएको कुरा उल्लेख छ ।
पोखराबाट पढाईको प्रलोभनमा अमेरिका पुगेकी विन्दु त्यहाँ पुगेपछि पोर्नस्टार बनिन् । उनको भनाई अनुसार उनी रहरले नभई बाध्यताले पोर्नस्टार बनेकी हुन् ।

जसको पुष्टि २०७२ सालमा नै त्यहाँ एक स्थानीय अदालतले गरिदिएको छ । अदालतले विन्दुका श्रीमानलाई पोर्नस्टार बन्नुको मुख्य दोषी ठहर्याएको थियाे ।

ड्यालसबाट प्रकासित “द ड्यालस मर्निगं न्यूज”मा मंगलवारको समाचार अनुसार स्टेट डिष्ट्रिक्ट जज मार्टिन जे होफम्यानले विन्दुका पूर्वपति टम र्‍यान्डेल सेवेललाई विन्दुलाई यौन फिल्म खेल्न वाध्य वनाएको, यस सम्वन्धि भिडियो र तस्विर वनाई इन्टनेटमा राखेको आरोपमा दोषी ठहर गर्दैै उक्त रकम हर्जनाका रुपमा विन्दुलाई झण्डै ७५ करोड नेपाली रुपैंया (७२ लाख ५० हजार अमेरिकी डलर) तिर्न फैसला गरेको छ ।

अमेरिकाको टेक्सास स्थित ड्यालस काउन्टी अदालतको फैसलाका समयमा सेवेल अदालतमा उपस्थित थिएनन् । दुई जना सन् २०१२ मा अलग भएका थिए । विन्दुले गत बर्ष ५८ बर्षीय सेवेलविरुद्ध आफ्ना नांगो भिडियो तथा दृष्यहरु अनलाइनमा राखेकामा आपत्ति जनाउँदै अदालत गएकी थिइन् ।

आफूलाई जवजस्ती यस्तो कार्य गर्न वाध्य पारेको उनको दावी थियो । पोखराकी विन्दु नर्स पढ्न अमेरिका आएकी थिइन् । सेवेलले उनलाई विद्यार्थीका रुपमा अमेरिका आउन मद्दत गरेका थिए । द ड्यालस मर्निगं न्यूजले विन्दुसंग नेपालमा उनको परिवारले पाएको कष्ट लगायत विविध पक्षवारे कुरा गरेर लामो फिचर समाचार प्रकाशित गरेको छ । यसमा उनले आफ्नो विवाहदेखिका कष्टहरु वताएकी छन् ।

पोर्न स्टारको परिचयसहित अन्तवार्ता सहमतिविना छाप्न पाइँदैन तर, पत्रिकालाई उनले आफ्नो कष्ट सार्वजनिक गर्न सहमति दिएकी छन् । विन्दु परियारका पूर्वपतिले जव उनी अमेरिका आइन् त्यसपछि नेपाली पहिरन छाडेर मिनी स्कर्ट लगाई व्यापारमा जान वाध्य वनाए उक्त समाचारमा उल्लेख छ । विन्दुका तर्फवाट अदालतमा पेश गरेको कागजातमा पनि उनका पूर्वपतिले कृतिम रुपमा स्तन ठुलो वनाइन लगाउने र पासपोर्ट लुकाईदिई नांगै क्लवमा काम गर्न लगाएको र जव त्यहाँवाट पनि पर्याप्त पैसा आएन अन्य व्यक्तिहरुसंग यौन सक्पर्क गर्न वाध्य पारेर यसको फिल्म खिचेको उल्लेख छ ।

विन्दुले उक्त पत्रिकालाई भनेकी छन्–जव मैले उसलाई छांडे त्यसवेला उसले मलाई जवरजस्ती पोर्न स्टार वनाइसकेको थियो । उनी आफ्नो पीडा व्यक्त गर्दै भन्छिन–कयौं अन्जान व्यक्ति रेष्टुरेण्टमा आएर भन्छन्, मैले तिम्रो भिडियो हेरेको छु तिमी कति पैसा लिन्छौँ । तर, २७ बर्षीया विन्दु भने आफ्नो परिवारलाई सहयोग गर्न अमेरिकामा नर्सिङ पढ्न आएको महिलाका रुपमा चिनाउन चाहन्छिन् ।

विन्दुका इन्टनेटमा दुई हजार पृष्ठ भन्दा वढी नग्न र अर्धनग्न दृष्यहरु छन् । तर, कुनै पनि उनको सहमतिमा राखिएका होइनन् । अझ पनि राख्ने क्रम नरोकिएको उनको गुनासो छ । जव विन्दु एक बर्षकी थिइन् त्यसवेला सेवेलले उनको नातेदारसंग विवाह गरेका थिए । त्यसपछि सेवेलले विन्दुलाई बोर्डिङ स्कुलमा पढाउनका लागि उनका गरिब परिवारलाई पैसा दिने प्रस्ताव राखे ।

उनका परिवारले बोर्डिङ स्कुलको फिस तिर्न सक्दैनथ्ये त्यसले छोरीको भविष्यका लागि प्रस्ताव नमान्ने भन्ने थिएन । विन्दुले स्कुलमा अंगे्रजी सिकिन र नर्स पढ्ने सपना वनाइन् । सेवेलले ति नातेदारलाई डिभोर्स गरी फेरि परिवारकै अर्की सदस्यसँग विवाह गरे।

यो विवाह पनि सन् २००८ मा समाप्त भएपछि सेवेलले विन्दुसंग सम्पर्क वढाए । उस वेला उनले विन्दुलाई यदि अमेरिका आउने हो भने कलेजमा भर्ना गरिदिने आश्वासन दिएका थिए । तर, जव विन्दु अमेरिकाको मन्टोनास्थित सेवेलको घरमा आइन् उनले उसलाई पहिले भन्दा फरक पाइन् ।

अमेरिकामा आएपछि सेवेलले उनलाई कहिले लामो कपडा लगाउन दिएनन् वाहिर जान समेत रोके कलेज भर्ना हुन आवश्यक जीइडी परिक्षा दिन समेत जान दिएनन विन्दु भन्छिन् । त्यसपछि उनले नै स्थानिय नांगै नाच्नु पर्ने क्वलमा काम गर्न भने ।

विन्दुले यसरी सेवेलले वाध्य पारेर आफुलाई यस्तो व्यवसायमा ल्याएको वताएकी छन् । सेवेलले यति मात्र गरेनन् उनको पासपोर्ट र इमिग्रेसन सम्वन्धि कागजात पनि लुकाइदिएको र कुनैपनि वेला समाउन सक्ने धम्कीसमेत दिएको विन्दु वताउँंछिन् ।

सेवेल र विन्दु सन् २०१२ मा मन्टोनावाट टेक्सास स्थित ड्यालस वस्न आए । विन्दु ड्यालसको जेन्टलमेन क्लव बबि डल्समा नाच्न थालिन । एक दिन दुईवीच धेरै ग्राहकको घरमा नगएको विषयमा विवाद भएको थियो, यो विवाद प्रहरीसम्म पुगेको वारेन्ट सम्वन्धि कागजातमा उल्लेख छ ।
यसपछि सेवेलले उनलाई जवजस्ती दुव्र्यवहार गरेका थिए । डलास प्रहरीले सेवेलमाथि मानव बेचविखनमा संलग्न भए नभएकावारेमा पनि अनुसन्धान गरिहरेको छ ।

सेवेलविरुद्ध सन् २०१२ मा घरायसी हिंसा मच्चाएको आरोप थियो । दुई वर्ष निगरानीपछि यो आरोपवाट मुक्त भएका थिए । अनलाइनहरुमा राखिएका उनका थुप्रै दृष्यहरु मेट्न नसकिएपनि उनी अव यस भन्दा फरक जीवन विताउन चाहेको वताउँछिन् । तर, यो सजिलो भने छैन । उनले अर्को रोजगारीका लागि संघर्ष गर्नु पर्छ । उनका नेपालमा भएका परिवारलाई पनि होच्याउनेहरु छन् ।

त्यहाँ घर वनाएको पैसा कसरी आएको भनेर आैला उठाउने पनि छन् । उनका दुईजना भाईलाई पनि यही आधारमा स्कुलमा दुव्र्यवहार समेत गर्छन्। उनका अनलाइनका तस्विरहरु कयौं वर्ष सम्म नमेटिने भएपनि अदालतको आदेशले हौसला भने दिएको छ । विन्दु र सेवेलवीच झगडा परेपछि सेवेलले जथाभावी लेख्ने र भन्ने गरेको डलासका नेपालीहरु समेत वताउँछन् ।

केही पहिलासम्म ड्यालसको जेन्टलमेन क्लवमा देखिने गरेकी विन्दु अहिले भने त्यहाँ छैनन् । उक्त क्लवमा काम गर्नेहरु पनि विन्दुका वारेमा जानकारी नभएको वताउँछन् ।

विन्दुले पैसा पाउँलिन् अदालतले उनका पतिलाई हर्जना तिर्न भनेको रकम पाउन भने विन्दुलाई सजिलो छैन । अदालतको फैसलाका वेला सेवेल त्यहाँ उपस्थित थिएनन । अदालतले पटक–पटक यो मुद्दाका वारेमा सम्पर्क गर्दा समेत सेवेल फेला परेनन् । उनका पूर्व वकिलले उनको मुद्दा कयौं महिना अघि नै हेर्न छाडेका थिए ।

सेवेलले विन्दुले आफूमाथि लगाएको आरोप खण्डन गर्दै अमेरिकाको नागरिकता पाउन आफूलाई उपयोग गरेको जवाफ सम्म पठाएका थिए ।

-myblog

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah