बिकास श्रेष्ठ सोल, कोरियामा छुसक सकिएपछि जाडोको आगमन भएको मानिन्छ भने नोभेम्बर आरम्भसँगै दिनानुदिन जाडो बढिरहेको छ । मौषम परिवर्तनसँगै रुघा खोकि, ज्वरो जस्ताबाट संक्रमित हुने बढ्ने गर्छ । पैसा कमाउन विभिन्न पेशा, अध्ययन छोडेर परदेश प्रवेश गर्नु भएको तपाई यहाँको कठ्याग्रिदो जाडोले विरामी पर्न सक्नु हुन्छ ।

त्यसैले स्वास्थ्य ख्याल गर्नु यस समयमा पहिलो प्राथमिकता हुन्छ । नेपालमा भन्दा बढि जाडो र भारी मात्रामा हिमपात हुने भएकोले नोभेम्बर, डिसेम्बर, जनवरी महिनामा अत्याधिक जाडो हुने गर्छ । कोरियामा दुइ, चार वटा जाडो कटाइसक्नु भएकाले जाडोबाट जोगिने उपाय थाहा होला नयाँ आउनु भएको छ भने यि कुरामा ख्याल गर्नु भयो भने जाडो जोगिन सक्नुहुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तातो कपडा

जाडो हुदाँ न्यानो तथा तातो कपडा जसले पनि लगाउछ । तैपनी कोरियामा जाडो अत्याधिक हुने भएकोले बाहिर निस्कदाँ थर्मकोट, बाक्लो ज्याकेट, टोपी जस्ता तातो कपडा लगाउनुहोस् ।

तातो झोल खाना

कोरियामा झोलयुक्त खाना अत्याधिक खाने गरिन्छ । जाडोमा यस्ता तातो र झोलयुक्त परिकार खानाले शरिरलाई तातो र न्यानो हुने गर्छ । जाडो या अन्य समयमा कूक जोडिएका झोलयुक्त खाना बढि जोड दिने गर्नुस् ।

खाम्घी छुसक

यो पनि रुघा खोकि लाग्न जोगिन लगाउने सुइ हो । निरन्तर रुघा खोकिबाट पिडित हुनुहुन्छ भने यसको प्रयोग गर्दा हुन्छ । यद्यपी यसको प्रयोग सके सम्म नगर्दा पनि हुन्छ ।

बेड हिटर

कोरियामा कम्पनीहरुले प्रदान गर्ने आवासगृहमा रुम तताउने बोयलर, एसी लगायत रहेका छन् । यद्यपी नभएका रुममा बेड तताउने बेड हिटर किनेर प्रयोग गरे तातो पाउन सकिन्छ ।

हट वाटर ब्याग

जाडोमा शरिर चिसो हुने भएकोले हट वाटर ब्यागबाट पनि जाडो छल्न सकिन्छ । सुत्ने समयममा खुट्टा नतात्नेहरुका लागि यो हट वाटर ब्याग वरदान सरह नै हुन्छ । डिपार्टमेन्ट स्टोर, इमार्ट, होम प्लस, लोट्टे मार्ट लगायत मार्ट तथा पसलमा किन्न पाइन्छ । साभार: हेल्लोनेपालकोरिया डटकम