विकास श्रेष्ठ तलब वृद्धि पछि साना कम्पनीलाई अार्थिक भार पर्ने भन्दै काेरिया सरकारले २.७ बिलियन डलरकाे अनुदानकाे घाेषणा गरेकाे छ । मून जे ईन सरकारले अागामी वर्षका लागि गत जुलाईमा कामदार तलब १६.४ % वृद्धि गर्ने निर्णय गरेकाे थियोे । तलब वृद्धिबाट साना तथा मझौला कम्पनी मारमा पर्ने भन्दै राेजगारदाता अर्थात कम्पनीले विराेध जनाएको थिए ।
तर मून जे ईन सरकारले अाफ्नाे चुनावि प्रतिबद्वता अनुरुप वृद्धि गरिएको भन्दै तलब वृद्धिकाे निर्णयकाे बचाउ गरेकाे थियोे । राष्ट्रपति मूनले अागामी २०२० सम्म कामदारकाे तलब प्रती घण्टा मान वाेन अर्थात १०००० वाेन पुर्याउने प्रतिबद्वता व्यक्त गरेका छन् । बिहीबार घाेषणा गरेकाे अनुदान रकम ३० जना भन्दा कम कामदार रहेका कम्पनीलाई मात्र दिईने राेजगार तथा श्रम मन्त्रालयले जनाएको छ ।
जस अनुसार प्रति कामदार एक लाख तीस हजार वाेन अनुदान कम्पनीले पाउने छन् । अनुदान पछि साना कम्पनीलाई अार्थिक भार कम हुने विश्वास मन्त्रालयले लिएको छ । अाउने जनवरीबाट लागू हुने १६.४ % तलब वृद्धिले यहाँ कार्यरत स्वदेशी र विदेशी कामदार प्रत्यक्ष लाभान्वित हुनेछन् ।
जस अनुसार कामदारले प्रती घण्टा ७५३० वाेन र मासिक न्युनतम १५ लाख ७० हजार वाेन तलब पाउने छन् । तर तलब वृद्धि पछि खाद्यान्न लगायतमा मूल्य वृद्धि हुन्छ भने कम्पनीले अावास र खानाकाे पनि शुल्क लिने र वृद्धि गर्न सक्ने पनि सम्भावना कायमै छ । हेल्लो नेपाल कोरिया ड्ट कम बाट सभार










