कुवेत, ३० भदौ । कुवेतमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । कुवेतबाट प्रकाशित वेबसाइट ‘कुवेत लोकल‘मा प्रकाशित खबर अनुसार उनले कोठाभित्रै पासो लगाएर आत्महत्या गरेकी हुन् ।
यद्यपी समाचारमा मृतकको परिचय खुलाइएको छैन । कसैले फोनमार्फत प्रहरीलाई जानकारी गराएको थियो । प्रहरी घटनास्थलमा पुग्दा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । मृत शरिरलाई प्रहरीले पोस्टमार्टमका लागि अस्पताल पठाएको बताइएको छ ।










