ताप्लेजुङ–ताप्लेजुङ हाङपाङका २३ बर्षिय विशाल माङयुम लिम्बुको उपचारमा आर्थिक समस्या भएपछि आफन्त तथा सरोकारवाला सघसंस्थाहरुले ‘विशाल बचाउ अभियान’ संचालन गर्ने भएको छ । कार्तिक १८ गतेदेखी संचालन गर्ने अभियानलाई ‘विशाल बचाउ अभियान–जीवनको लागि संगीत यात्रा’ नामकरण गरिएको छ ।

अभियानमा गायक मोहन थेगिम, उज्बल लिम्बु, राज लाबुङ, शम्भु न्यौपाने, बिक्रम थुलुङ, तुलासा आङ्देम्बे, माला नेम्बाङ, मोड्ल कला राई, अनु राई, सोम मग्राती, रातो भाले, नरेन्द्र लाओती, ज्ञानेन्द्र कोइराला लगायतले सहभागी जनाउने भएको अशोक घिमिरेले वताए । घिमिरेका अनुसार स्थानीय स्वागत डान्स सेन्टर दमकका कलाकारहरुले अभियानमा आफ्नो कला प्रस्तुत गर्ने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धरानबाट शुरु भइ अभियान मोरङको उर्लावारी, पथरी, लक्ष्मीमार्ग, बेलबारी, बिराटचौक हुदै सुनसरीको इटहरी, तरहरा हुदै अहिले टाेली ताप्लेजुङ अाइ पुगेकाे अभियानका संयोजक घिमिरेले जानकारी दिए ।

अभियानको क्रममा संकलित रुपैया विरामीको उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने छौं, घिमिरेले भने । उनले जीवनको लागि संगीत आवश्यक छ भन्ने समाजमा उद्धाहरण कार्य गरेर देखाउन खोजेका बताए ।

दुईवर्ष अघि रोजगारको शिलशिलामा मलेशियामा पुगेका विशाल शारिरिक अवस्थ्य भएर घर फर्केका थिए । मलेशियामा कार्यरत भएको समयमा विशाललाई ग्ल्यान टिभी भएको र छ महिनासम्म नियमित औषधी प्रयोग गराएको परिवार स्रोतले जनाएको छ । विरामी अवस्थामा घर ताप्लेजुङ आइपुगेका विशाललाई उपचारको निमित विराटनगरस्थित नोवेल मेडिकल कलेज एण्ड अस्पताल, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थान र दमकस्थित लाईफ लाईन अस्पतालमा राखिएपनि रोग के हो भन्ने बारेमा चिकित्सकहरुले पत्ता लगाउन सकेन ।

पछिल्लो समय ०७४ साउनमा विशाललाई अझै समस्या भएपछि उपचार्थ ताप्लेजुङबाट दमकस्थित लाईफ लाईन अस्पतालमा ल्याइएको विरामीको दाजु सेसेमीले बताए । उनले लाईफ लाईनमा उपचारको राम्रो व्यवस्था हुन नसकेपछि विशाललाई भारतको सिलगुडीको नर्थ बंङगाल अस्पतालमा पुर्याइएको बताए ।

नर्थ वंङगाल अस्पतालमा कहिले आइसीयु, कहिले जनरल वेड त कहिले एचडियुमा राखेर उपचार गराईराखेको दाजु सेसेमीले जानकारी गराए । दैनिक उपचार भारतीय रु ५० हजार खर्च गरेर उपचार गराईराखेको र उपचारमा अझै धेरै खर्च हुने भएकोले आफुहरु समस्यामा परेको दाजु सेसेमीले सहयोगको अपेक्षा गरे । महङ्गो मुल्यमा उपचार भइरहेको छ, सेसेमीले भने–खर्च गर्दा–गर्र्दै भएको खेतवारी सकियो । उनले आफ्नो भाईको उपचारमा सहयोग पुयाइदिन सहयोगी मनहरुसंग आग्रह गरे ।

विशालको उपचारमा आर्थिक संकलन गर्ने उदेश्यले संचालन हुन लागेको ‘जीवनको लागि संगीत यात्रा’ नामक ‘विशाल वचाउ अभियान’ मा अशोक घिमिरको संयोजकत्वमा गायक तथा व्यवसायी मोहन थेगिम (दमक), विरामीका दाजु सेसेमी, राजकुमार साम्बा, ग्यानेन्द्र कोइराला, फुङमा लिम्बू (धरान) रहेको समिति गठन गरिएको छ ।

समितिले संकलन गरेको सहयोग रुपैया दमकमा पत्रकार सम्मेलन गरेर विरामीको परिवारलाई हस्तान्त्रण गरिने अभियानकर्मी एबम् गायक मोहन थेगीमले जानकारी गराए ।