कावुल, ३० भदौ । अफगानिस्तानमा अफगान सेना र प्रहरीको संयुक्त सहभागीतामा आतङ्ककारी विरुद्ध बुधवार बिहानबाट सुरु भएको कारवाहीमा परी ६२ जना आतङ्ककारीको मृत्यु भएको अफगान गृह मन्त्रालयले बिहीबार प्रकाशित एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

देशको शान्ति सुरक्षामा खटिएका अफगानिस्तान राष्ट्रिय सुरक्षा फौजले गत २४ घण्टाभित्र गरेको कारबाहीको क्रममा ती आतङ्ककारीको मृत्यु भएको रक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकाअनुसार सो कारबाहीको क्रममा अन्य १५ जना घाइते भएका छन् ।

अफगानस्तिानको गजनी, पाक्टिका, कान्दाहार, उरुजगान, घोर, लाघमान र कपिसा प्रान्तमा सो कारवाही गरिएको उक्त विज्ञप्तिमा बताइएको छ ।

अफगानी सेनाको सहयोगमा संयुक्त सुरक्षाबलले गोली, बारुद्ध लगायतका सैन्य सामग्रीसहित आतङ्ककारी विरुद्ध कारवाही कडा जारी राखेको पनि सो विज्ञप्तिमा थप जानकारी दिइएको छ ।

छुट्टाछुट्टै सैन्य कारवाहीका क्रममा पाँच जना अफगान सैनिकले ज्यान गुमाउनु परेको अफगानी सेनाद्वारा जारी विज्ञप्तिमा पुष्टि गरिएको छ ।

सन् २०१४ को डिसेम्बरमा विदेशी सेनाले अफगान तालिवान लडाकूसँग युद्धभूमिमा गएर युद्ध नगर्ने घोषणा गर्दै अमेरिकासँग आवद्ध प्रायःनेटो सेना त्यहाँबाट फर्केपछि विगत दुई वर्षदेखि अफगानिस्तानमा सरकारी सेना र सरकार विरोधी लडाकुबीचमा हिंसा बढेको पाइन्छ ।

अफगान सरकारसँग लडाई गर्दै आएका तालिवान आतङ्ककारी समूहले बुधबारबाट भएको सैनिक कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् ।

यसैबीच अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा चर्दारा जिल्लामा अफगान सेना र प्रहरी गरेको कारबाहीको क्रममा ११ आतङ्ककारी पक्राउ परेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय