एजेन्सी । सनी लियोनको पृष्ठभूमि पोर्न भएपनि अहिले भने बलिउडको चर्चित अभिनेत्रीभित्र अटाउँछिन् । हालै उनले दिएको अन्तरवार्तामा अाफूलाई पोर्न स्टारको ट्यागले जिन्दगीभर नछोड्ने बताएकी छन् ।
सनी पोर्न फिल्ममा अाफ्नै मर्जीले गएकी थिइन् । जब उनले अाफू पोर्न उद्योगमा लागेको कुरा परिवारसँग भनिन्, त्यसबेला उनीहरु निराश भएको बताएकी छन् ।
एक अन्तर्वाताका क्रममा सनीले भनेकी थिइन्, ‘मैले पोर्न फिल्म पैसाका लागि गरेकी थिएँ । मैले अभिभावकको अनुमति बिना पोर्न क्षेत्रमा प्रवेश गरेकी हुँ । मेरो लागि त्यो एउटा विजनेस थियो । जब मैले ‘पेंटहाउस’ भन्ने पत्रिकाका लागि फोटोसेसन गरेर ‘कभर अफ दि इएर’  र एक लाख डलर (अाजको हिसाबमा ६८ लाख भारु ) जितें । त्यसबेला मैले यो कुरा परिवारलाई जानकारी गराएकी थिएँ । सामान्य मानिसका परिवारमा जस्तै यस कुराले मेरो परिवारमा पनि नैराश्यता छायो । अनि मैले भनेकी थिएँ कि मैले अाफ्नो जीवनमा के-के गर्नुपर्छ मलाई राम्ररी थाहा छ, त्यसपछि उनीहरु सहमत भएका थिए ।’

प्रतिक्रिया

सम्बन्धित खवर