
काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालालाई पाठेघरको पनि क्यान्सर भएको छ । स्तन क्यान्सर लागेको थाहा पाएपछि उपचारका लागि कात्तिक २८ गते सिंगापुर गएकी सुजातालाई सेन्ट पिटर्सवर्गमा चेकजाँचका क्रममा पाठेघरको क्यान्सर भएको संकेत देखिएको थियो ।
र उक्त अस्पतालले थप परीक्षणका लागि मलेसियाको सनवे अस्पताल पठाउँदा पाठेघरको क्यान्सर पनि भएको पत्ता लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । आइतबार मलेसियाको सनवे अस्पताल पुगेकी सुजाताको मंगलबार सफलतापूर्वक पाठेघरको अप्रेशन भएको छ ।
यद्यपी स्तन क्यान्सरको पूरा रिपोर्ट अझै आउन बाँकी छ । सिंगापुरको सेन्ट पिटर्सवर्ग अस्पतालले छिट्टै यो रिपोर्ट उपलब्ध गराउने बताइएको छ । हाल सुजाता मलेसियामा आराम गरिरहेकी छन् ।यसअघि सरकारले सुजातालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको थियो ।दैनिक नेपालबाट



