कोशी राजमार्ग अन्र्तगत सुनसरीका ेइटहरीस्थित हलगडामा गएराति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
को १ च ७००९ नम्बरको एम्बुलेन्सले को ३२ प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो ।
सवारी दुर्घटनामा परी मृत्यु हुनेमा इटहरीका डुक बहादुर कार्की, पाल्पाका निर्मल गौतम र भरौलकी सरिता काफ्ले रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटना पछि एम्बुलेन्स र त्यसका चालक सुनिल खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । छलफल ड्ट कम बाट सभार










