इलामको सूर्योदय नगरपालिकास्थिल फिक्कलमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकलाई सोहि दिसाबाट आइरहेको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तनहु व्यास नगरपालिका–१ का सरद पौडेल र इलामको देउमाई नरपालिका–५ कि २५ वर्षीया अस्मिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडेलको घटनास्थलमानै र राईको उपचारका लागि झापा लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको जनाइएको छ । मोटरसाइकललाई ठक्कर दिने सवारीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड