आदर्श केसी/दक्षिण कोरीया रुकुमको दुर्गम मैकोटमा जन्मेकी अमृता विएमको पढाइमा धेरै राम्रो थियो । उहाँले कक्षामा कहिल्यै दोस्रो हुनु परेन् । घरको आर्थिक अवस्था कमजोर भएकाले पढाई आइए भन्दा अघि बढाउन सक्नुभएन् । काम त नेपालमै पनि नखोज्नुभएको त होइन तर पाउन सक्नुभएन् । त्यसैले दक्षिण कोरिया जान भाषा परीक्षा दिनुभयो । पहिलो पटक दिएको परीक्षामै अमृताको नाम निस्कियो । अमृता अहिले कोरियाको कृषि फार्ममा काम गर्नुहुन्छ ।काम त नेपालमा पनि यति नै गरिन्थ्यो तर उहाँ पैसा हुँदैनथ्यो यहाँ काम अनुसारको पैसा छ म यसैमा खुसि छु ।’ काम गरिरहेकै बेला भेटिएकी अमृताले भन्नुभयो ‘अर्काको देशमा यसरी पसिना बगाउँदा दुःख लाग्छ तर जति दुःख गरेपनि पैसा हुँदैन तर बाँच्नलाई त पैसा चाहियो नै ।’

अमृताले अहिले मासिक एक लाख ६० हजार रुपैयाँ कमाउनुहुन्छ । काम नेपालको भन्दा केही कडा भएपनि पैसा सम्झिएर काम गर्न रमालो लागेको छ अमृतालाई । फेरि कोरिया आउन नाम निकाल्दा पनि निक्कै मेहेनत गर्नुपरेको थियो । लोकसेवाको तयारी जस्तै मेहेनत गरेर नाम निकालेकी अमृतालाई अहिले नेपालको स्थायी जागिर जस्तो यही हो जस्तै लाग्छ । अमृताले अहिले घरको खर्च जुटाएर छोरालाई काठमाडौंमा पढाउनुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हुन त विदेश आउने तयारी गर्नु भन्दा पहिल्यैदेखि नै उहाँले महिलाका लागि विदेश सुरक्षित छैन भन्ने सुन्नुभएको थियो । तर उहाँले कोरिया त्यस्तो पाउनुभएन् । ‘न काम गर्दा कुनै असुरक्षा छ न त बाहिर नै’ अमृताले भन्नुभयो ‘महिलालाइ कसैले नराम्रो व्यावहार गरिहाल्यो भने कोरियाको जति कडा कानुन सायद विश्वमा छैन होला त्यै भएर यहाँ त्यस्तो रहेनछ’

अमृतासँगै काम गर्नुहुन्छ दोलखाकी देवी गुरुङ । उहाँहरुको सेवा सुविधा जस्तै तलब पनि बराबर छ । उहाँहरु कोरिया पुगेको पाँच महिना भयो । छोटो समय भएपनि दुवैलाई कोरियाको रहनसहन तथा संस्कार सिक्नुभएको छ । दुवैको अनुशासन र कामबाट प्रभावित भएका साहुले उनीहरुलाई सकभर आफनो कम्पनीबाट अर्को कम्पनीमा नजान भनेका छन् । सँगै काम गर्ने थाइल्यान्डका दुई पुरुष र दुई महिला भन्दा अमृता र देवीले काम छिटो र भरपर्दो गर्ने भएकाले आफू प्रभावित भएको साहुको भनाई छ । वैशाखको पहिलो साताबाट काम सुरु गरेका अमृता र देवीको क्षेत्रमा काम केही महिना मात्रै चल्छ । त्यसैले उहाँहरु अहिलेकै साहुको सल्लाहमा अर्को ठाउँमा जाने तयारीमा हुनुहुन्छ । उहाँहरु पुगेपछि रोपेको हरियो खुर्सानी,बन्दा, लगाएतका तरकारी तथा फलफुल बजारमा पुर्याएपछि काम सकिन्छ ।

कोरियामा कमाएको पैसाले नेपाल फर्किएपछि व्यावसाय गर्ने सोच छ अमृता र देवीको । पाँचखाल अन्लाईन बाट