एजेन्सी । अक्सर धेरै मानिसहरुलाई सम्बन्धमा धोखा मिल्छ । धोखा पाइसकेपछि धेरैलाई माया प्रेमप्रतिनै घृणा जाग्ने तथा जीवनमा फेरि प्रेममा पर्न मन नलाग्ने हुन्छ ।तर विस्तारै पहिलेको पीडा विर्सेर नयाँ सम्बन्धको सुरुवात गर्ने सोचमा हुनुहुन्छ भने सवैभन्दा पहिले जान्नुहोस कि तपाईको पार्टनर तपाईलाई धोका दिन्छ कि दिदँैन ।

केहि मानिसहरुको कुन्डलीमानै अरुलाई धोका दिने खालको हुन्छ । उनीहरु ज्यादा आफ्नो बारेमा मात्र सोच्ने प्रकृतिको हुने हुँदा अरुको बारेमा , अरुको भावनाको कदर नगर्ने खालका हुन्छन् ।जान्नुहोस् यस्ता ५ राशि का मानिसहरु जसले प्रेममा तपाईलाई धोखा दिन सक्छन् ।
मेष
मेष राशि का मानिसहरु प्राय आफैँ भित्र हराइरहेको भेटिन्छन् । यी राशि भएका व्यक्तिहरु कसैसँगपनि धेरै मिलजुल गर्दैनन् । जति अरुलाई सहयोग गर्छन् त्यतिनै आफ्नो फाइदा हेर्ने गर्छन् । यी राशि का मानिसहरु यदि कसैसँग प्रेम गर्छन् भने ति मानिसहरुको पछाडि लाग्दैनन् । जति छिट्टो प्रेममा पर्छन् त्यतिनै छिट्टो प्रेमबाट टाढा पनि हुन्छन् ।

मिथुन
मिथुन राशि भएका मानिसहरुको स्वभाव बिलकुल अलग हुन्छ । यी राशि का मानिसहरुलाई यो कुराको कुनै पर्वाह हुँदैन कि सामुन्ने बसेको मानिसलाई आफ्नो कुराले कति धेरै नराम्रो लागेको छ भनेर । प्राय यसकारण मानिसहरु यस्ता मानिसहरुसँग टाढा हुन नै मन पराउँछन् । त्यसैले यस्तो मानिससँग प्रेममा पर्नु आफैलाई दुखि बनाउनु हो ।

तुला
यो राशि भएका मानिसहरु आफ्नो जीवनमा शान्ती मन पराउँछन् । यो राशिका मानिसहरु आफ्नो जीवनमा सन्तुलन बनाएर चल्ने गर्दछन् । यी मानिसहरु कुनै पनि गढबडीसँग टाढा हुन मन पराउँछन् । छिट्टै कसैसँग झगडा गर्दैनन् । जब यस्ता मानिसहरु कसैको दुखमा दौडिएर मद्धत गर्न त आउँछन् अनि छिट्टै अरुको दिल तोड्न पनि सक्छन् ।

धनु
यस राशिका मानिसहरु जो साच्छन् त्यहि गरेर नै छाड्छन् । चाहे जुनसुकै हदसम्म जान किन नपरोस् । यी मानिसका लागि यिनीहरुको करियर नै सबैकुरा हो । आफ्नो करियरको लागि आफ्नो सम्बन्धलाई समय दिदैनन् । जसकारण जो सुकैको पनि दिल सजिल्यै तोडिदिन सक्छन् । यिनीहरुका लागि प्रेम भन्दा पनि करियर महत्वपूर्ण हुन्छ ।

मकर
यी मानिसहरु कुनैपनि कुरा बोल्नुभन्दा पहिले एकपटकपनि सोच्दैनन् । आफ्नो अगाडि बसेका मानिसलाई नराम्रो लाग्ला भनेर एकपटक पनि सोच्दैनन् । तर दिलको सफा हुन्छन् । यी मानिसहरु जोकोहि आफ्नो हिसाबले चलोस् भन्ने चाहान्छन् । र आफ्नो सबै कुरा मानोस् तर विरुद्धमा जानेसँग निकै चित्त दुखाउँछन् । अरुलाई आफ्नो गुलाम बनाउन खोज्ने बानीले यस्ता व्यक्तिहरुसँग सम्बन्ध छिट्टै बिग्रीन्छ ।
नेपालीपत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah