रुकुम । रुकुमको मुसिकोटमा यात्रुबाहक जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घाईते ४ मध्ये १ को अवस्था गम्भीर छ ।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको हो ।
घटनामा नवविवाहित जोडीको पनि मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित प्रधान बिहे गरेर फर्कंदै थिए । त्यस्तै घटनामा मृत्यु भएका मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठ र सुधन श्रेष्ठ बाबु–छोरा हुन् । टि.भी अन्नपूर्णमा खब रहेको छ।
घटनामा मुसिकोट नगरपालिका १ का जनक शाह र सुरेखा शाह तथा त्रिवेणी गाउँपालिका १ की यमुना मल्लको मृत्यु भएको छ ।
घाइते हुनेमा चालक दाङका प्रेम थापा, सह चालक रूकुम पश्चिम बाँफिकोट गाउँपालिका मग्माका प्रेम केसी र दाङका टेकबहादुर खत्री रहेका छन् । घाइतेमध्ये खत्रीको अवस्था गम्भीर छ ।










