काठमाडौं, ३१ भदौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली फाइल सार्वजनिक गर्न माग गर्दै सोलिडारिटी फर डाक्टर केसी अलायन्सले बिहीबार सिंहदरबार अगाडि प्रदर्शन गरेकोे छ ।
कार्कीको नियुक्ति गैरकानुनी दाबी गर्दै खारेजी माग राखेर अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा पुनरावलोकनको सुनुवाइ अगाडि बढाउनुपर्ने वा नपर्ने विषयमा अध्ययन गर्न सर्वोच्चले सक्कले कागजात मागेको थियो ।
सरकारले भूकम्पका किारण कागजात हराएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएको थियो । सोही विषयमा अलायन्सले विरोध गरेको आजकोकान्तिपुरमा खबर छ ।
अलायन्सले २४ घण्टाभित्र सम्बन्धित सक्कल फाइल सार्वजनिक गर्न नसके जिम्मेवार सरकारी अधिकारीलाई पनि कारबाही गर्नुपर्ने र प्रमुख आयुक्त कार्कीलाई पनि पदमुक्त गर्नुपर्ने माग राखेको छ ।



