नवलपरासी । नवलपरासीमा उम्मेदवार चढेको गाडीलाई लक्षित गरि बम प्रहर भएको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिका ५ मा नेपाली कांग्रेस नवलपरासीका सभापति एवं नवलपुर क्षेत्र नंं २ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार विष्णु लामिछानेको टोली चुनावी प्रचारका लागि पहाड उक्लँदै गरेको अवस्थामा बम विस्फोट गराइएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विस्फोटबाट कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

लामिछानेको टोली ३ वटा जिपमा पहाड उक्लिएको थियो । तीमध्ये ग १ ज ५६०० नम्बरको गाडीलाई लक्षित गरी वम प्रहार गरिएको हो ।