एचआरडी कोरियाले E-9 भिषामा कार्यरत प्रबासी हरुको लागि कम्प्यूटर प्रणाली द्वारा मेसिनहरुको निर्माण प्रोग्राम सम्बन्धि तालिम दिने भएको छ यहि आउदो डिसेम्बर २ तारिख देखि संचालन हुने उक्त मेसिनरी तालिम डिसेम्बर १७ मा समापन हुने कोरियाको मानब संसाधन केन्द्र (एचआरडी ) मा कार्यरत श्याम खड्काले बताएका छन् l
तालिम हरेक हप्ता सनिबार र आइतबार दिनको ८ घण्टाको दरले ६ दीन सम्म चल्ने पनि बताइएको छ l तालिम को कोटा अतिनै सिमित रहेकोले समयमै सम्पर्क गर्न पनि भनिएको छ l प्रशिक्षार्थी हरुलाई खाना तथा यातायात खर्च समेत उपलब्ध हुने जनाइएको छ l
यो सिपमुलक तालिम लिने हरुलाई एचआरडी कोरियाले ले सिप सिकेको प्रमाणपत्र दिनुको साथै कार्यकाल सकेर स्वदेश फर्किनेबेला पाउने प्रमाणपत्रमा समेत यो सिप सिकेको कुरा उल्लेख गरिने हुदा भिषा परिबर्त गर्न वा कोरिया लगाएत विभिन्न बिकसित मुलुकमा जागिरको लागि निबेदन दिन सहज हुने छ l
सिप सिक्न चाहने प्रशिक्षार्थिहरुको लागि यही नोभेम्बर २५ र २६ तारिख (सनिबार र आइतबार) आन्सानमा अबस्थित सोल्टी रेस्टुरेन्ट बाट फारम उपलब्ध गराइने छ l
तालिम बारे थप जानकारी -
प्रशिक्षण दिने संस्था 글로벌직업전문 학교 (GLOBAL VOCATIONAL TRAINING INSTITUTE )
ठेगाना - 경기도 화성시 향남읍 발안로 39번길 40 의성빌딩 ( 발안 바다마트 वा 발안 하나은행 외환센터 मा झर्ने )
आवस्यक कागजाज - आइडी कार्ड , खाना र यातायात खर्च बुझी लिने आफ्नो बैंक खाता l सम्पर्क - : 031-366-3688
हेलो नेपाल कोरिया बाट सभार









