झापाको कमल गाँउपालिकाका अगुवा किसानहरुले आुधनिक कृषि ब्यवसायमा लाग्ने प्रतिबद्धता जनाएकाछन् । गाँउपालिकाले कृषकहरुलाइ उन्नत जातका बिभिन्न प्रकारका गुणस्तरीय बीउबिजन समेत उपलब्ध गराएको छ ।
कमल गाँउपालिकाका नायव प्राविधिक साहयक प्रेम पोखरेलका अनुसार गाँउपालिकाका बिभिन्न समुहमा आवद्ध अगुवा किसानहरुलाइ तालिम सहित बिभिन्न प्रकारका बीउबिजनहरु प्रदान गरिएको हो ।
गाँउपालिकाको कृषि बिकाश शाखाको आयोजनामा गाँउपालिका स्तरीय अगुवा कृषक तरकारी खेती बिषयक तालिममा सहभागिहरुले आफूहरुले ब्यवसायीक रुपमा अघि बढ्ने उद्घोष गरेका थिए ।
कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेका अनुसार गाँउपालिकाले कृषिमा यो पटक अधिक बजेट बिनियोजन गरेको छ । अधिकाँश कृषक रहेकाले कृषिमा डेढ करोडभन्दा बढि बजेट बिनियोजन गरिएको उनले बताइन् ।
आर्थिक समिति संयोजक नरप्रसाद दंगालको सभापतित्वमा भएको कार्यक्रममा गाँउपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, गाँउपालिकाका प्रशासकिय अधिकृत युवराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।
कृषि प्राविधिकहरु खिरबहादुर श्रेष्ठ, बुलुराम राजबंशी, केदारकुमारी अधिकारी, प्रेम पोखरेल र रमा रेग्मीले सहजिकरण गरेका थिए ।



