दमक, ११ मंसिर ।

सङ्घीय समाजवादी फोरम, नेपाल झापा निर्वाचन क्षेत्र नम्बर ५ ले आफ्नो चुनावी अभियान जारी राखेको छ । मंसिर ९ गते गौरीगन्जमा चुनावी सभा सम्पन्न गरेर कमल ५, ६ र ७ वडामा चुनावी प्रचार थालेको ससफो नेपाल झापा ५ ले मंगलबार कमल ५ को मंगलबारे बजारमा चुनावी सभा गर्दैछ ।

पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व शान्ति मन्त्री रकम चेम्जोङको प्रमुख आतिथ्यमा हुने चुनावी सभालाई पार्टीका महासचिव रणध्वज कन्दङ्वा लगायत केन्द्रीय वक्ताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेद्वारहरुले सभालाई सम्बोधन गर्ने छन् ।

सोमबार कमल ७ को मगर चोक, पिङ डाँडा, गेउरिया बजारलगायत स्थानमा घरदैलो र कोणसभा सम्पन्न गरिएको निर्वाचन परिचालन समिति संयोजक एवम् ससफो केन्द्रीय राजनीतिक समिति संयोजक प्रवीण चाम्लिङले जानकारी दिए ।

चाम्लिङले झापा ५ को चुनावी अभियान सशक्त ढंग अघि बढाइएको बताउँदै आफूहरु निर्वाचनको जित नजिक पुगेको दावी गरेका छन् ।

बुधबारदेखि दमकका विभिन्न वडा केन्दृत घरदैलो र चुनावी अभियान सुरु हुने निर्वाचन परिचालन समितिका सदस्य सचिव कमन देवानले बताएका छन् । देवानले निर्धारित चुनावी अभियान अनुसार मंसिर १८ गते दमक चोकमा अन्तिम चुनावी सभा सम्पन्न हुने जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah