
गौरादह/ प्रतिनिधिसभा क्षेत्र नं. ५ अन्र्तगत प्रदेशसभा ५ क का राप्रपा सहित बाम गठबन्धनका साझा उम्मेदवार हिक्मत कार्कीले १० हजारभन्दा बढि मत अन्तरले जित हासिल गर्ने दाबी गरिएको छ ।
निर्वाचन परिचालन समितिका अनुसार एकमहिनाको अवधिमा काँग्रेस सहित बिभिन्न पार्टी छाडेर १५ सयभन्दा बढि कार्यकर्ताहरु एमाले प्रवेस गरेकाछन् । एमालेमा आएको जनलहरले काँग्रेस डराएको र भ्रम छर्दै हिड्ने काम गरिरहको समितिको भनाइ रहेको छ ।
कार्कीलाइ पपुलर मत आउने र मतान्तर धेरै फरक हुने निर्वाचन परिचालन समितिका संयोजक योगराज दाहालले जनाए । निर्वाचन नजिक आएसंगै बाम गठबन्धनमा एकाएक माहोल सिर्जना भएको उनको भनाइ छ ।
एमालेका नेता छत्रपती सुबेदीका अनुसार साझा उम्मेदवार कार्कीलाइ अन्य पार्टीको समेत राम्रो समर्थन बढ्दै गएको छ । गौरादहमा कृषि क्याम्पस स्थपना देखि लिएर यस क्षेत्रको बिकासका लागि खेलेको भूमिकाका कारण कार्की लोकप्रीय रहेको उनले जनाए ।
माओबादी केन्द्रका लोकप्रीय नेता पुष्प ढकालले कार्कीको जित शुनिश्चित भइसकेको र मतान्तर धेरै हुने बताए । माओबादी केन्द्रको मत कहि नचुहिने जनाउदै कार्कीले धेरै मतान्तरले बिजय हासिल गर्ने ढकाल बताउछन् ।
काँग्रेसका उम्मेदवार र केहि ब्याक्तिहरु डराएर अहिले एमालेको एक समुह असन्तुष्ट रहेको र त्यसले मत दिन्छ भन्दै हिडेको भन्दै स्थानीय एमाले पार्टीका नेताहरुले यसको बिरोध जनाएकाछन् ।
स्वयं नगरपालिकाको प्रमुखको उम्मेदवार रहेका मदन अधिकारीले नै यसको खण्डन गरिसकेकाछन् । हार्ने निश्चित भएपछि र प्रतिस्पर्धाका लागि कुनै एजेण्डा नभएपछि यस्तो हर्कत देखाएको स्थानीय एमाले नेता नगेन्द्र भण्डारीले बताए ।



