किशन गौतम ,सोल

कोरियामा आफ्नै कम्पनीमा कार्यरत बिदेशी महिला कामदारलाइ जबरजस्ती गरेको आरोपमा कम्पनि मालिकले ५ बर्षको जेल सजाय पाएका छन् l कोरियाको ख्यान्गीदो प्रान्तको ह्वासंङ एरियामा प्लास्टिकको समान बनाउने एक कम्पनीका संचालकले २ जना थाइल्याण्डका महिला कामदारलाइ जबर्जस्ति करणी गरेको आरोपमा जिल्ला अदालत सुवनले उक्त सजाय सुनाएको कोरियन संचार माध्यम हरुले जनाएका छन् l

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समाचार अनुसार मून थर गरेका ति कम्पनि मालिकले गत अप्रिलमा आफ्नै कम्पनीको होस्टेलमा सुतिरह्की एक थाई कामदारलाइ जबर्जस्ति कोठामा पसी यौन दुर्ब्याबहार गरेका थिए भने त्यसको ठिक भोलि पल्ट अर्को कोठामा पसी एक अर्की महिलालाइ जबर्जस्ति करणी समेत गरेका थिए l

जबर्जस्ति यौन दुर्ब्याबहरमा परेका ति थाई महिला कामदार अबैधानिक भएको कारण तत्कालै प्रहरीमा रिपोर्ट गर्न नसकेतापनि उनीहरुले बिदेशी सहयोग केन्द्र मार्फत प्रहरीमा रिपोर्ट गरेका थिए l

हेलो कोरिया नेपाल बाट सभार