धरान : कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन्। गच्छदारले चौधरीलाई दोस्रो संविधानसभा निर्वाचनमा तीन सय ६५ मतको अन्तरले पराजित गरेका थिए। पटक-पटक मन्त्री बनेका गच्छदार र लघुवित्त वित्तीय संस्था सञ्चालन गर्दै आएकी चौधरीबीचको प्रतिस्पर्धा यसपटक पनि रोचक बन्दै गएको छ। दुवै जना मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ प्रत्याशी हुन्।

गच्छदारले यसअघि मन्त्री हुँदा मोटरबाटो बनाएको अनि यहाँका गरिबलाई सेना, प्रहरी र अन्य सरकारी सेवामा भर्ती गरिदिएको भन्दै भोट मागिरहेका छन्। चौधरी पनि वित्तीय संस्थामार्फत महिलाको आर्थिक अवस्था सुधारका कार्यक्रम ल्याएको भन्दै भोट मागिरहेकी छन्। यो क्षेत्रमा कांग्रेसको संगठन र गच्छदारको पहुँच उत्तिकै रूपमा मजबुत देखिन्छ। यद्यपि, चौधरीको प्रभाव पनि कम देखिँदैन।

एक लाख नौ हजार नौ सय १७ मतदाता रहेको यो क्षेत्रमा ५३ हजार ६ सय ९४ महिला र ५६ हजार दुई सय २३ पुरुष छन्। यहाँका अधिकांश पुरुष मतदाता गच्छदारको पक्षमा देखिएका छन् भने महिला चौधरीको पक्षमा। थारू र मधेसी समुदायको बाहुल्य रहेकोमा पहाडी र दलित समुदायको भोट निर्णयक हुने देखिन्छ।

स्थानीय निर्वाचनको मतपरिणामलाई आधार मान्ने हो भने गच्छदारलाई निर्वाचन जित्न सहज छ। तर, स्थानीय निर्वाचनमा कांग्रेस र लोकतान्त्रिक फोरमलाई भोट हालेकाहरू कतिपय चौधरीको पक्षमा लागेका छन्। पटक-पटक मन्त्री बने पनि गच्छारले क्षेत्रको विकासमा खासै काम गर्न नसकेको चौधरीको आरोप छ। २५ वर्षसम्म सत्तामा पुग्दा गच्छदारले गर्न नसकेको काम आफू निर्वाचित भए पाँच वर्षमै गरेर देखाउने दाबी उनी गर्छिन्।

गच्छदार भने सुनसरीमा आफूले जति विकास कसैले पनि नगरेको भन्दै फेरि जनताले आफूलाई नै जिताउनेमा आशावादी देखिएका छन्। लोकतान्त्रिक फोरममा हुँदा चौधरीलाई पराजित गरेका कारण आफू कांग्रेस फर्किएपछि निर्वाचन जित्न झन् सहज भएको उनको ठम्याइ छ।

गच्छदार फर्किएर बेवास्ता गरेको भन्दै केही पुराना कांग्रेस कार्यकर्ता असन्तुष्ट देखिन्छन्। कांग्रेस महासमिति सदस्य गोमा पराजुलीलगायत गच्छदारसँग असन्तुष्ट छन्। कांग्रेसले योगदान गर्नेहरूलाई बिर्सिन थालेका कारण ‘कांग्रेसको क्रेज बिस्तारै घट्दै गएको’ उनको दाबी छ। बीपी कोइरालाका नाति सिद्धार्थ कोइराला पनि कांग्रेसमा योगदानभन्दा पनि पैसा र पहुँचका भरमा टिकट वितरण गर्दा पुराना कार्यकर्तामा असन्तुष्टि बढेको बताउँछन्। अन्नपूर्ण पोस्ट बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah