किशन गौतम ,सोल
कोरियाले यो बर्षमा मात्रै १३ हजार २ सय ५५ जना अबैध कामदार पक्राउ गरि सोदेश फिर्ता गरेको छ l यहाको न्याय मन्त्रलायले बुधबार जनाए आनुसार गत मार्च देखि नोभेम्बरको बिचमा सो संख्यामा बिदेशी कामदार पक्राउ परेका हुन् l सो अबधिमा अबैध कामदार राख्ने २ हजार ५ सय ४९ कोरियन रोजगार दाता समेत पक्राउ परेका छन् l
सरकारले गत मार्च ६ तारिख , मे १५ ,सेक्टेम्बर ४ तथा नोभेम्बेर १७ तारिख गरि जम्मा ४ पटक ब्यापक धरपकड गरेको थियो l उक्त धरपकडको लागि न्याय मन्त्रलाय ,श्रम तथा रोजगार मन्त्रालय ,राष्ट्रिय योजना आयोग तथा सुरक्षा अधिकारि समेत गरि जम्मा ६५८ जना सरकारी कर्मचारी खटाएको बताएको छ l
पक्राउ गरिएका अबैध बिदेशी कामदारलाइ सोदेश फिर्ता गरिएको छ भने रोजागार दातालाइ २ करोड कोरियन वन अर्थात १८ हजार ३ सय ७० अमेरिकी डलर सम्म जरिमाना गरिएको जनाएको छ l हेल्लो नेपाल कोरिया मा खबर रहेको छ।
यसरि पक्राउपर्नेमा सबैभन्दा धेरै उत्पादनमुलक क्षेत्रमा काम गर्ने ६१.१ प्रतिशत बिदेशी कामदार छन् भने दोस्रोमा निर्माण तथा तेस्रोमा मनोरंजन संग सम्बन्धित कामदार छन् l
कोरियामा भ्रमण तथा मेडिकल भिषामा प्रवेश गरि लुकिछिपी काम गर्नेको संख्या कहिँ कम भएपनि भिषा अबधि समाप्ति पछी लुखिछिपी काम गर्ने बिदेशी कामदार संख्या भने सबैभन्दा धेरै छ l गत बर्ष भ्रमण भिषामा कोरिया प्रवेश गरि लुकिछिपी काम गरिरहेका भियतनामी कामदार हरु ठुलो संख्यामा जेजु टापु बाट पक्राउ परेका थिए l पछिल्लो पटक प्रकाशित तथ्यांक आनुसार ४ लाख भन्दा धेरै बिदेशी कामदारहरु कोरियामा अबैध रुपमा काम गरिरहेका छन् l










