सर्लाही-  मोटरसाईकललाई जोगाउन खोज्दा सर्लाहीको सासापुर स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबस पल्टिएको छ।  दुर्घटनामा १९ जना घाईते भएका छन्।

विपरित दिशाबाट आईरहेको ना.२८ प ८२८० नम्बरको मोटरसाईकललाई जोगाउन खोज्दा पूर्वबाट पश्चिमतर्फ गईरहेको ना.४ ख ६०५८ नम्बरको यात्रुबस मंगलबार बिहान ११ बजे पल्टिएको हो। बसको ठक्करबाट मोटरसाईकल चालक हरिवन नगरपालिका–८ निवासी ४४ वर्षीय पूर्णबहादुर लामा गम्भिर घाईते भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खुट्टामा चोट लागेका लामालाई ललितपुरको बी एण्ड बी हस्पिटल रेफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

त्यस्तै बस पल्टिँदा सहचालक सहित त्यसमा यात्रारत १८ जना घाईते भएको र जसमध्ये २ जना गम्भिर घाईतेलाई वीरगंजतर्फ  पठाईएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

सामान्य घाईतेहरुको भने स्थानीय नमूना अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकललाई जोगाउन खोज्दा अनियन्त्रित भई बस पल्टिएको बताईएको छ। नागरिक न्युज बाट सभार