किशन गौतम ,सोल
कोरियाको स्थित नेपाल हाउस नरहने हल्ला चलिरहेको बेला एनआरएनए दक्षिण कोरिया तथा केहि जातीय ,क्षेत्रिय, राजनीति , संघ संस्थाहरुले यसलाई निरन्तरता दिने प्रतिबद्वता ब्यक्त गरेका छन् l एनआरएनए दक्षिण कोरियाले गत आइतबार राजधानी सोल स्थित नेपाल हाउसमा आयोजना गरेको "दिर्घकालिन नेपाल हाउस हाउस ब्याबस्थापन " बिषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस बक्ता हरुले नेपाल हाउस बचाउन संघ संस्थाहरुको को सहयोगको विकल्प नरहेको बताए l
पछिल्लो समय नेपाल हाउसको भाडा तिर्न आर्थिक आभाब भएपछी एनआरएनए कोरियाले यसलाई बचाउनु पर्ने अबधारणा सहित संघ संस्था हरु बिच बृहत छलफल गरेको थियो l छलफलमा उपस्थित अधिकांस संघ संस्थाका प्रतिनिधिहरुले नेपाल हाउस बचाउन आफुहरु प्रतिबद्व रहेको बताए l
कार्यक्रममा एनआरएन कोरियाले तयार पारेको नेपाल हाउस सम्बन्धि अबधारणा प्रस्तुत गरिएको थियो l अबधारणामा नेपाल हाउसलाइ एउटा सभाहलको रुपमा मात्रै सिमित नराखेर नेपाल चिनाउने एउटा बिसेष स्थानको रुपमा विकास गर्नु पर्ने , कोरियामा रहेका बिभिन्न संघ संस्थाहरु पनि यसको सदस्य रहने तथा हप्तै भरि खुल्ला राख्ने बाताबरण मिलाउने आदि कुरा हरु प्रस्तुत गरिएको छ l
कार्यक्रममा बोल्दै पुर्व आइसीसी प्रतिनिधि केपी सिटौलाले विभिन्न कार्यक्रम हरु ल्याएर हप्तैभर खुल्ला राख्ने बातावरण नबनाए सम्म यसको औचित्य नरहने बताए l त्यस्तै एनआरएन कोरियाका संरकक्षक ध्यान राइले कार्यक्रममा भाग लिएर मिठा कुरा गर्दैमा नेपाल हाउस बचाउन नसकिने भन्दै त्यसको लागि आर्थिक प्रतिबद्वता व्यक्त हुनु पर्ने बिचार ब्याक्त गरे l त्यस्तै एनआरएनए कोरियाकी अध्य्क्ष लक्ष्मी गुरुङले नेपाल हाउस बचाउने सबैको साझा दाहित्व रहेकोले एनआरएन , एनसीसी लगाएत जातीय ,क्षेत्रिय ,राजनीति संस्थाहरुले यसलाई बचाउन अभियान चलाउनुपर्ने मा जोड दिइन l
त्यसैगरी उक्त कार्यक्रमले आगामी आइतवार एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङको संयोजकत्वमा कोरियामा रहेका संघ संस्था पदेन सदस्य रहने गरि नेपाल हाउस ब्यबस्थापन समिति गठन गर्ने निर्णय समेत गरेको छ l hellonepalkorea.com मा खबर रहेको छ










