काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साझा बस चढेर सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गएका छन् ।

आइतबारबाट उपत्यकाका विभिन्न रुटमा थपिएका ३० वटा साझा बसको उद्घाटन गर्न साझाको कार्यालय पुल्चोक पुगेका प्रचण्ड साझा बस चढेर सिंहदरबार पुगेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थपिएका अपाङग मैत्रि बसको उद्घाटनलगत्तै सोही बसमा प्रचण्ड सिहंदरबार गएका हुन् । उनको साथ यातायात मन्त्री तथा सचिवहरु समेत सँगै बसमा सिंहदरबार पुगेका छन् ।