
मंसिर १२, २०७३ अनसनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीचको बार्ता भोली पुन: बस्ने गरी सकिएको छ । शिक्षा मन्त्रालयमा झण्डै ५ घण्टा चलेको छलफलमा डाक्टर केसीले राखेका मागहरु माथि बुँदागत रुपमा छलफल भएको नेशनल रेजिडेनट डक्टर्स एशोसिएशनका अध्यक्ष लिजन महर्जनले जानकारी दिनुभयो । डाक्टर केसीले उठाएका माग मध्ये त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा नयाँ डीन नियक्ति र त्रिवी उपकुलपतिको बर्खास्तीको विषयमा भने आज छलफल नभएको बार्तामा सहभागीले बताएका छन् ।
बार्तामा सरकारको तर्फबाट शिक्षा सचिव शान्त बहादुर श्रेष्ठ र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती तथा डाक्टर केसीको तर्फबाट एशोसिएशनका अध्यक्ष महर्जन , डाक्टर वाई पि सिंह, डाक्टर रञ्जन सापकोटा, डाक्टर सागर पोखरेल सहभागी हुनुहुन्थ्यो । भोली हुने बार्ताको समय भने तोकिएको छैन् । चिकित्सा शिक्षा र सेवा सम्बन्धी विभिन्न १० बुँदे माग राख्दै दशौ पटक अनसन थाल्नु भएका डाक्टर केसीको अनसन आज १५औ दिन पनि जारी छ ।
आज को कान्तिपुर मा रहेको छ।



