वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत मोरङ मिक्लाजुङ ४ का –२६ बर्षीय शुक्रराज लाबतिको मृत्यु भएको २२ दिन पछि शव घर आईपुगेको छ ।८ महिना अघि कतार पुगेका उनको सुतेको ठाउँमा रहस्यमय मृत्यु भएको थियो ।
उनको आज उनको स्थानिय जङ्गलमा जातिय परम्परा अनुसार दाहसंस्कार गरिने टाडि युवा क्लबका अध्यक्ष महेन्द्र थेगिमले जानकारी दिएका छ्न ।
पढाईमा सधैं अव्वल उनी घरको आर्थिक अवस्था नाजुक भएकै कारण पढाई छोडेर विदेशीन बाध्य बनेका थिए । उज्जल भविष्य निर्माण गर्नूका साथै बाबु आमालाई खुसी राख्ने उदेश्य बोकेर कतार गएका उनको सपना यतिबेला टुटेको छ ।पुर्बेली न्यूज बाट साभार










