
गत मंसिर ९ गते विहिबार रामेछापको मझुवा १ स्थित मानेडाडामा गाडि भित्रनै जलाएर हत्यागरिएका झापा लखनपुर १ आइतबारे पाडाजुगीका बिशाल खड्काको परिवारमा यतिवेला रुवावासी चलिरहेको छ । मंसिर ६ गते सोमबार काकडभिटा बाट यात्रुहरुले भरिएको मे १ ज २१८७ नम्बरको आफ्नै टाटासुमो आफैले चलाए खडका काठमाण्डौ ७ गते विहान पुगेका थिए । ६ गते यात्रु सहितको सुमो लिएर घरबाट विदा भएका खडका ७ गते विहान आफु काठमाण्डौ पुगेको खबर काका हरि खड्कालाई गरेका थिए ।
खड्काले ८ गते दिदी नैनकला खड्कालाई फोन गरेर् आफु रसुवा बाट काठमाण्डौ आइरहेको जानकारी समेत गराएका थिए । दिदी नैनकला संगको सम्बादनै खड्काको परिवार संगको अन्तिम बन्न पुग्यो । किन की उनि त्यस पछि सम्पर्क बिहिन बनेका थिए । झापा जिल्ला नेपाल ट्रेड यूनियन कांग्रेस यातायात मजदुर युनियनका सदस्य समेत रहेका खड्का ९ गते बिहान रामेछापको मझुवा १ माने डाडाभन्ने एकान्त स्थानमा आफनै गाडिभित्र पहिचान खुल्नै नसक्ने गरि जलेको अवस्थामा मृत फेला परे ।
विशाल खड्काको घर जाहाँ उनि तिन वर्ष सम्म श्रीमति लक्ष्मि राई खड्का संगै बसेका थिए ।
शोकमा डुबेका खडका परिवारले अत्यन्तै अमानविय तथा पासविश ढंगबाट घटाइएको घटनाको यताशिघ्र सार्वजनिक गरि दोषिलाई कारबाही गर्न मृतकाका काका हरि खडकाले माग गर्नुभएको छ ।घटना अत्यन्तै अमानविय ढंग बाट गरिएको हत्याले शान्ति भुमी नेपाललाई फेरि एक पटक झस्काई दिएको छ । उक्त घटनामा खड्काको भौतिक शरिर मात्र हैन उनको भौतिक सम्पति पनि नष्ट गरिएको छ । खडकाको मृतुले यतिबेला खड्का परिवारलाई मात्र हैन छर छिमेकीहरुलाइृ समेत मर्माहित बनाइरहेको छ । खडका आफन्त तथा छिमेकीहरुसंग समेत अतिनै मिलनसार भएको उनका छिमेकी हर्क राई बताउनु हुन्छ । मे १ ज २१८७ नम्बरको टाटा सुमो लिएर खड्का विपिराजमार्ग हुदै काठमाण्डौ गएका थिए । खड्काले ६ बर्ष अघि लक्ष्मि राई संग अन्तरजातिय प्रेम बिबाह गरेका थिए ।
प्रेम विवाह पछि श्रीमती लक्ष्मि राई संगै तिन वर्ष विताएका थिए । श्रीमती लक्ष्मिसंग राम्रो मेलहुन नसकेपछि काका हरि खड्काको घरमा तिन वर्ष यता बस्दै आएका थिए । करिब ७ वर्षअघिबाट यातायातको क्षेत्रमा प्रबेशगरेका खड्काले केहि महिना अघिमात्र उक्त टाटा सुमो आफैले किनेर चलाउदै आएका थिए । प्रहरीले यतिबेला घटनाको छानविन गरिरहेको छ । थप अनुसन्धान तथा घटनामा संलग्घनहरुको खोजि तिव्रबनाइएको छ । मृतक खडकाको शब लाई त्रिवि शिक्षण अस्पताल माहाराजगंजमा परिक्षण पछि झापा ल्याइदै गरेको परिबार स्रोतले जनाएको छ ।
नेपाली मन र मुटुहरुलाई नै हवला दिदै गरिएको क्रुर हत्या आफैमा निन्दनिय रहेको छ ।
चिनारी दर्शन को फेसबूक पेज बाट



