पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन्। खुमडाँडादेखि ताहुँतर्फ आउँदै गरेको लु २ ख २८० नंको बसले किच्दा बालकको मृत्यु भएको हो।

हजुरबुबा बसमा चढ्न खोज्दा पछ्याउँदै गाडीतर्फ आउने क्रममा बालक किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हजुरबुवाले तरकारी लोड गर्दैगर्दा बसको अर्कोपट्टि ५/६ वर्षका दाइसँग खेल्दै गरेका बालक अगाडि बढ्ने क्रममा दुर्घटना भएको हो। बस चालक सागर दर्जी प्रहरी नियन्त्रणमा रहेका छन्।