मिस नेपाल, मोडल तथा अभिनेत्री सृष्टि श्रेष्ठले अहिलेसम्मकै हट फोटोसुट गराएकी छन् ।
वेभ म्यागेजिनका लागि सृष्टिले ‘क्लिभेज’ सुट दिएकी हुन् । अक्सर अभिनेत्रीहरू गुमनाम हुन थालेपछि हट अवतारमा देखिने गरेका छन् । गाजलु फिल्मकी अभिनेत्री श्रेष्ठ पनि अहिले गुमनाम जस्तै छिन् । उनले म्यागेजिनको कभरका लागि यस्तो फोटोसुट गरेको बताइएको छ ।
उनको तस्बिर अर्जुन शाहले लिएका हुन् । एसबी फर्निचरमा सेतो टिसर्टमा उनले निक्कै हट पोजमा सुट गराएकी छन् ।










