ढाका- ढाकाको भतरामा  एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन्। बंगलादेशको राजधानी ढाकामा डेन्टल विषय अध्ययनरत   विनिशा शाहको शव फेला परेको हो।

उनी पायोनियर डेन्टल कलेजमा अध्ययनरत थिइन्। प्रहरीका अनुसार उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।  मंगलबार अन्तरिक परीक्षा दिएर फर्केकी उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। विनिशा अहिले बिडिएस तेस्रो वर्षमा अध्ययनरत थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वेनिशासँगै कोठामा बस्ने रोक्साका अनुसार वेनिशा परीक्षा सकिनुभन्दा आधा घन्टाअगाडि परीक्षा हलबाट निस्केकी थिइन्। ‘जब म होस्टालमा फर्केँ ढोकामा चुकुल लगाइएको थियो,’ रोक्साले भनिन्, ‘जति पटक ढोका ढकढक्याए पनि नखोलेपछि अर्को साँचोले ढोका खोलेँ। भित्र उनी झुन्डिएको देखेपछि अन्यत्र खबर गरेँ।’

रोक्साका अनुसार वेनिशा तीन दिनपछि नेपाल जाने योजनामा थिइन्। ‘करिब पाँच महिनापछि उनी आफ्न आमाबुबालाई भेट्न जाँदै थिइन्।न्युज २४ नेपाल बाट सभार