काठमाडौं।
यौनको आवेगमा आएपनि मानिसहरु केही पनि देख्दैनन् । हुनत यौन मानिसको नैसर्गीक आवश्यकता हो । यौनलाई छुटाएर मानिसको जिवनको कल्पना पनि गर्न सकिदैन । तर आफ्नो पार्टनरसँग यौन सम्बन्ध राख्ने सही समय र वातावरणले यौनलाई थप रोचक र उत्साहित बनाउँछ ।
त्यतिबेला यौनका फाइदै फाइदा हुन्छन् । तर कहिले काँही यौनको प्यासमा हतारिँदा यौन जोडीले ज्यान समेत गुमाउनु परेका उदाहरणहरु प्रशस्तै छन् । यस्तै एउटा उदाहरण बनेको फ्रान्सको एक जोडी ।
उक्त जोडीले एक ऐतिहासिक किल्लामा सेक्स गर्ने क्रममा पर्खालबाट चिप्लिँदा ज्यान गुमाउनु परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त जोडीले आर्किपेलागो द्वीपमा रहेको वॉबान किलाको वलमा बसेर सेक्स गर्ने क्रममा झन्डै ४० फुट गहिरो खाडलमा खसेका थिए ।



