एजेन्सी। च्याटमा एक युवतीसँग जिस्किँदै गर्दा एक युवकले अचानक फाँसी लगाएर आत्महत्या गरेको आश्चर्यजनक घटना भएको छ । ती युवकले युवतीसँग ह्वाट्सएपमा च्याटमा कुरा गर्दागर्दै अचानक मृत्यु भएको बताइएको छ । गुजरातको अंकलेश्वरका ती युवकले कुनै कारणले आत्महत्या गरेका हुन् वा मजाक गर्दागर्दै ज्यान गएको हो भन्ने खुलेको छैन ।
उत्तर प्रदेश स्थायी घर भएका अभिषेक यादव अहिले गुजरातमा बस्थे । २० डिसेम्बरका दिन उनकी आमा र बहिनी आफन्तको बिहेमा सहभागी हुन गएका थिए । पिता कामका लागि बाहिर गएका थिए र घरमा उनी एक्लै थिए । यही क्रममा अभिषेकको मृत्यु भएको हो । आत्महत्याभन्दा पहिले अभिषेक कुनै युवतीसँग ह्वाट्सएपमा च्याटमा कुरा गर्दै थिए । च्याटको स्क्रिनसट अहिले सोसल मिडियामा भाइरल भइरहेको छ ।
च्यटमा भएका कुरा र ह्वाट्सएपमा पोस्ट भएको फोटो हेर्दा अभिषेक कुनै तनावमा थिएनन् । उनी निकै मस्तीको मुडमा देखिन्थे । यही क्रममा उनले युवतीसँग आत्महत्या गर्ने बताएपछि युवतीले पनि उनलाई जिस्किँदै आत्महत्या गर्न पठाउँछिन् । उनले पनि जिस्किँदै आत्महत्या गरेझैं गर्न खोजेको तर झुक्किएर उनको साँच्चिकै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah