विकास श्रेष्ठ
अग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ तारिख कोरियामा ढाका टोपी दिवस मनाउने तयारी भएको छ । देशलाई विश्व सामू चिनाउने उद्धेश्यका साथ नेपाली युवाहरुको समूहले देश चिनाउदै परदेशमा पदयात्रा मार्फत दिवस मनाउने तयारी गरेका हुन् । सन् २०१८ जनवरी १मा राजधानी सउलको सउल स्टेशनबाट सउल टावर सम्म पदयात्रा गर्ने कार्यक्रम रहेको छ । सोहि दिन नेपाल सहित विभिन्न मुलुकमा रहेका नेपालीले टोपी बचाउन अभियान स्वरुप ढाका टोपी दिवस मनाउने गरेका छन् ।
ढाका टोपी नागरिकता जस्तै राष्ट्रिय परिचय भएको भन्दै ढाका टोपी संस्थागत गर्नुपर्ने आवाज अभियानकर्ताहरुको छ । राजतन्त्रको अन्त्यसँगै नेपाली पोशाकको रुपमा रहेको दौरा, सुरुवाल र टोपीलाई हटाउने काम परिवर्तनकामीका सरकारले गरेपछि संविधान संशोधन मार्फत संस्थागत गर्नुपर्ने आवाजका रुपमा पनि ढाका टोपी दिवसमा लिने गरिएको छ । कोरियामा गएका वर्षमा पनि नेपाली युवाहरुले मनाउने गरेका थिए ।
पदयात्राका आयोजकले सहभागी हुन सम्पुर्ण इच्छुक नेपाली , संघसंस्था , विद्यार्थी , पत्रकार, ब्यापारी वर्ग तथा आदरणीय ब्याक्तित्वहरुमा गरिमामय उपस्थितिका लागि आमन्त्रण गरेको छ । साथमा , राष्ट्रिय पोसाक , ढाका टोपी र नेपाली झण्डा पनि लिएर आउन पनि आयोजकको आग्रह छ ।मिति:- 2018-01-01
समय:- मध्याह्न 12:00 बजे
स्थान:- सउल स्टेसन,सउल
कार्यक्रम संयाेजन: MRR KOREA, DARI GANG KOREA, NYANO TEAM KOREA, NEPALI YOUTH JUCTION KOREA, M&WRR KOREA.










