एजेन्सी। पढेर डाक्टर बन्ने सपना लिएर आएका युवती र इन्जिनियरिङ पढिरहेका युवकहरुलाई प्रहरीले आपत्तिजनक हालतमा पक्राउ गरेको छ ।
यहाँ लामो समयदेखि व्यवसायिक यौनधन्दा चलिरहेको प्रहरीले पत्ता लगाएको छ । भारतको बिहार राज्यको राजधानी पटनामा पढ्न आएका यी युवक इन्जिनियरिङ पढ्दै थिए । पक्राउ परेका युवतीहरु एमबीबीएस पढ्दै थिए ।
यी सबै युवक युवतीहरु अन्तिम परीक्षाको तयारी गरिरहेका थिए । प्रहरीका अनुसार दुवै युवतीलाई सम्झाइबुझाइ गरी परिवारको जिम्मा लगाइएको छ । दुई युवक र घरमालिक तथा होस्टल संचालकलाई मुद्दा चलाइएको छ । ती दुई युवक बस्ने होस्टलमै यस्तो काम भइरहेको थियो ।
दुवै युवतीहरु साँझ ५ बजे होस्टलको नियमअनुसार रजिष्टरमा आफन्तकहाँ जाने भनेर लेखेर गएका थिए । साँझ ९ बजे फोन गरेर सोध्दा आफन्तकहाँ बसेको र रातीमा नआउने बताएका थिए ।



