सामान्यतया फेल हुनु नराम्रो मानिन्छ तर अमेरिकामा यस्तो विद्यालय छ, जहाँ फेल हुन पनि सिकाइन्छ ।
अमेरिकाको मेस्चुएट्समा रहेको स्मिथ कलेजमा विद्यार्थीहरुलाई कसरी फेल हुने भन्ने कुरा पनि सिकाइने गरिएको छ । समाचारमा बताइएअनुसार यो विद्यालयमा ‘फिलिङ वेल’ नामक एक कक्षा लिइन्छ, जसमा फेल हुने तरिका बारे चर्चा हुने गर्छ ।
यद्यपि यस किसिमको पढाइको अर्थ विद्यार्थीहरुलाई फेल गराउनु भने हुँदैन । यो कक्षाले आफ्नो असफलतालाई पनि स्वीकार गर्नसक्ने परिस्थिति बनाउने शिक्षकहरु बताउँछन् । साथै उनीहरुलाई फेल हुनु कुनै ठुलो कुरा नरहेको पनि सिकाइन्छ ।

यो कक्षामा विद्यार्थीहरुले आफ्नो कमजोरीको विषयमा खुलेर चर्चा गर्छन् । साथै यो कक्षामा फेल भएर पनि ठुलो सफलता हासिल गरेका मानिसहरुलाई बोलाइन्छ ।
यहाँका विद्यार्थीहरुमा आफ्नो असफलतालाई सार्वजनिक गर्ने एक प्रतियोगिता पनि आयोजना गरिन्छ ।



