
अनशनरत डा. गोविन्द केसीको समर्थनमा झापाको दमकमा आज नयाँ सक्ति विद्यार्थी युनियन दमक बहुमुखि क्याम्पसले धर्ना दिएको छ । डा. केसीको समर्थनमा लेखिएका विभिन्न प्लेकार्ड सहित करिब सय जनाको समुहमा रहेका विद्यार्थीहरुले दमकको गणतन्त्र चौकमा धर्ना दिएका हुन् । डा. केसीले उठाएका माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै उनीहरुले चिकित्सा क्षेत्रमा मौलाएको भ्रष्टाचारको विरुद्धमा डा. केसीले उठाएका माग पूरा गर्न सरोकारवालाले चासो नदेखाएको आरोप लगाएका छन् ।
उनीहरुले ऐन नियम विपरीत मन्त्रिपरिषद्ले विभिन्न नेतालाई स्वास्थ्य उपचारको नाममा मनलाग्दी रकम बाँडेर राज्यकोषको दुरुपयोग गरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनिहरुले डा. केसीले मेडिकल शिक्षा क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि उठाएका माग तत्काल पूरा गराउन सशक्त दबाव दिन सबै सचेत नागरीकलाई आग्रह गरे । कार्यक्रममा क्षेत्रिय संयोजक योगेश उप्रेती ,नगर संयोजक भेषराज भट्टराई ,युवा सक्ति झापा जिल्ला संयोजक राजु खड्का ,किसान महासंघका केन्द्रिय सचिव दिपक बुढाथोकी ,युवा नगर सचिव उमेश गजमेर लगायतको उपस्थिती रहेको विद्यार्थी सचिवालय सदस्य उमेश खनालले जानकारी दिनुभयो ।



