
बिष्णुप्रसाद पोखरेल /दमक÷झापा दमकका युवा ब्यवसायि सामाजिक अभियान्ताको रुपमा चिनिदै आएका प्रकाशप्रसाद अधिकारी युवाहरुमाझ अपरिचित नाम होइन । अझ जेसिज अभियानमा अधिकारीको नाम पछिल्लो समयमा देशब्यापी रुपमा जोडिएको छ । पूर्वबाट उदाएको शुरुले जसरि प्रकाश छर्छ त्यसरि नै जेसिस अभियानलाई नयाँ गति दिन र देशभरका जेसिस युवाहरुमा नयाँ ‘प्रकाश’ छर्नका लागि नेपाल जेसिसका राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएका अधिकारी औपचारिक जितको घोषणाको प्रतिक्षामा रहेकाछन् ।
दमक जेसिसको लामो इतिहास र नेपाल जेसिसमा पुर्याएको योगदानलाई सम्मान गर्नमात्र नभएर एउटा उदाउदो र प्रतिभाशाली ब्याक्तिलाई नेपाल जेसिसमा स्थापित गर्नका लागि अधिकारीको समर्थनमा देशभरका अधिकाँश जेसिसहरु खुलेर आएकाछन् । निर्बिकल्प अध्यक्षको उम्मेदवारमा अधिकारीलाई नै उभ्याउनु पर्ने बताउदै आएकाछन् । जेसिसमा लागि युवाहरु बौद्धिक, ब्यवसायिक र नेतृत्व क्षमतामा अब्बल रहेकाले यसपटक अधिकारीलाइ सहयोग गरेर नेपाल जेसिसको शाखलाई नयाँ उचाइमा लैजान चाहान्छन् ।
प्रकाशप्रसाद अधिकारी नेपाल जेसिसमा कार्यकारी पदमा रहेर अनुभव बटुलेको र जतिखेर तराइमा जातीयता र क्षेत्रियताको मुद्धाले आन्दोलनको ज्वारभाटा दन्किरेहेको समयमा शान्तिको अभियान लिएर जेसिसमार्फत देशब्यापि अभियान सञ्चालनको नेतृत्वकर्ता पनि हो । अहिले उनले पूर्व मेचीदेखि महाकालीसम्म ‘युवाहरुको मन युवाहरुसम्म’ भन्ने नारा लिएर देशभरका युवाहरुलाई एक ठाँउमा जोड्ने प्रयत्न गरेकाछन् । दमक जेसिसका अध्यक्ष सन्तोष अधिकारीका अनुसार देशभरका युवाहरुमाझ आफूहरु जाँदा जून सहयोगको प्रतिबद्धता पाईएको छ ।
जेसिस अभियानलाइ नयाँ उचाइमा पुर्याउन र देशभरका युवाहरुको भाटेको मन जोड्न आफूहरु लागि परेको जनाउदै यसमा आफूहरुले प्रस्तुत गरेका अध्यक्षका उम्मेदवार प्रकाशप्रसाद अधिकारीसंग भिजन रहेको दमक जेसिसले जनाउदै आएको छ । बारम्बारका द्धन्दका घटनाले युवाहरुमा नैराश्यता पैदा भएको, दक्ष जनशक्ति बाहिरिरहेकाले अब नयाँ अवसरहरुलाई पहिल्याउन युवाहरुलाई प्रेरणा र उत्प्रेरणा खाँचो रहेको जनाईदै आएको छ । अधिकारीको उम्मेदवारीको घोषणा भएपछि अहिलेसम्म खुलेर कहि पनि अरुले आफ्नो प्रमोशन नगरेका कारण पनि अब अधिकारीलाई नै अध्यक्ष स्वीकार गर्ने जेसिसका भूपू अध्यक्षहरुदेखि लिएर देशभरका जेसिसहरुले मनस्थिति बनाइसकेकाले अधिकारी जित नजिक भइसकेको बताइन्छ ।



