सहबान अन्सारी / नवलपरासी प्रतापपुर गाऊपालिका वडा नं ८ मा पिपरपातीमा सौजन्य साना किसान कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ !

राजेश सिंहकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिका प्रमुख राज कुमार शर्मा प्रमुख अथित्यता रहेको थियो ! कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष कादिर अली अन्सारी, वडा न.६ का वडा अध्यक्ष राम हरि उपाध्याय, साना किसान कृषि सहकारी सस्था त्रिवेणीका अध्यक्ष दिपक कुवर, सरिता शर्मा, तारा सिंह, अनिता कोईरी लगायतहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो !

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा ०७४/०७५ सालको कुल आय ब्यय ३८ लाख ७४ हजार ५८४ रुपयाँ प्रस्तुत गरिएको थियो ।संस्थामा कुल शेयर सदस्य ४६६ जना रहेका छन् ।