सुशान आचार्य
मलेसिया, पुस १६ । रोजगारीका लागि ६ बर्ष अघि मलेशिया अाएका दोलखा .भुसाफेदा गाउपालिका साबिकका वीर बहादुर श्रेष्ठको डीसेम्बर ३० तारिकमा सुतेकै अबस्थामा मृत्यु भएको छ ।
काठमाडौको सुन्धारामा अबस्थित श्रेष्ठ कालिका म्यानपावर प्रालि बाट २०११ देखि रोजगारीको लागि मलेशियाको केलाङ सहरमा रहेका वीर बहादुरको आकस्मिक निधन भयपछी परिवारको बिचल्ली भएको छ ।
मलेशियाको केलाङमा रहेको एकोनसेभ लोजिस्टिक कम्पनीमा कार्यरत श्रेष्ठ सधाझै खाना खाएर साथिहरु सङ कुराकानी गरि २९ तारिक बेलुका सङै सुतेका भए पनि बिहान अबेर सम्म नउठेपछि काममा जान कोठाका साथिहरुले उठाउन भनेर जादा उनको मृत्यु भैसकेको दिप लिम्बुले जानकारी दिए ।
मृत्यु भएको थाहा पाय पछी साथीहरूले कम्पनी र प्रहरी लाई जानकारी दिएको र मृतकको सब हाल पोस्टमार्टमको लागि अस्पतालमा राखियको भए पनि शव लाई नेपाल कहिले पठाउने भन्ने बारे कम्पनीले कुनै जानकारी नदियको लिम्बुले बताए ।
मृतकका श्रेष्ठको परिवारमा एक छोरि र श्रीमती मात्रै रहेकी छिन । एभरेष्ट दैनिक बाट सभार










