कतार सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक तोक्दा नेपाल आउने रेमिटेन्स घट्दो क्रममा रहेको छ । अघिल्लो महिनादेखि कार्यान्वयनमा ल्याइएको न्यूनतम पारिश्रमिकले गर्दा यसअघिको तुलनामा मासिक साढे एक अर्ब रुपैयाँ गुमाउँदा समेत नेपालले कतार सरकार र रोजगारदातासमक्ष कुनै प्रतिक्रिया जनाएको छैन ।
जबकि चार वर्षअघि नै श्रम तथा रोजगार मन्त्रालय र कतारस्थित नेपाली राजदूतावासले कतारमा काम गर्ने नेपालीको न्यूनतम पारिश्रमिक मासिक ९ सय रियाल र ३ सय रियाल खानाबापत ९दुवैगरी ३२ हजार ४ सय रुपैयाँ हुनुपर्ने त्यहाँको सरकारसमक्ष प्रस्ताव गरेका थिए ।
त्यस प्रस्तावबारे कतार सरकार र रोजगारदाताले औपचारिक रूपमा स्वीकृति नदिए पनि अनौपचारिक रूपमा कार्यान्वयन भइसकेको थियो । खानासहित मासिक १२ सय रियाल पाउने नेपालको प्रस्ताव कार्यान्वयनमा आएपछि रोजगारीका लागि कतार जाने नेपालीको संख्या वृद्धि भइरहेको थियो ।
नेपाली कामदारको संख्या वृद्धि भइरहेको बेला अघिल्लो महिना कतार सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक ७ सय ५० रियाल ९करिब २० हजार रुपैयाँ तोकेपछि कामदार मर्कामा पर्न थालेका हुन् । टिभी अन्नपूर्ण बाट










